नयाँ घरमा दशैं मनाउन पाउँने भएपछि मख्ख छन् 'गाेरे'

काठमाडाैं | असोज १, २०७९

नयाँ घरमा दशैं मनाउन पाउँने भएपछि मख्ख छन् 'गाेरे'

तनहुँ:  नयाँ घर बनेपछि खुसीले मख्ख हुनुहुन्छ, तनहुँ भानु नगरपालिका–४ का गोरे नेपाली । छाप्रोमा बस्दाको समयमा राति जङ्गली जनावरले आक्रमण गर्छ कि भन्ने डरबाट अब नेपाली मुक्त हुनुभएको छ।

 

‘जनता आवास कार्यक्रम’ अन्तर्गत गण्डकी प्रदेश सरकारले दुई कोठे पक्की घर बनाइदिएपछि उहाँको डर र चिन्ता हटेको हो । विगत लामो समयदेखि कच्ची र जोखिम घरमा बस्न बाध्य भएका यहाँका विपन्न समुदायका व्यक्तिको ढिलै भए पनि अनुहारमा खुसी छाएको छ ।

 

इँटाको गारो रङ्गीन जस्तापाताले छाएको सुरक्षित घरमा यसपालिको दसैँ मनाउन पाउँदा खुसी लागेको नेपाली बताउनुहुन्छ ।

 

नयाँ घरमा बस्न पाइँँदैन कि भन्ने सपना पूरा भएको उहाँको भनाइ छ । जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ४६ सुरक्षित घर बनाएपछि गरिब तथा विपन्न घरपरिवारमा खुसी छाएको छ । वर्षौंदेखि छाप्रोमा बस्दै आएका घर परिवार नयाँ घर पाउँदा विपन्न समुदायका मानिस निकै खुसी छन् ।

 

जिल्लाका १० वटै पालिकामा विपन्न समुदायका लागि घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका सवइञ्जिनियर तथा जनता आवास कार्यक्रमका संयोजक हिमाल आचार्य बताउनुहुन्छ । घर निर्माणपछि दुई सय ११ नयाँ घरमा सरिसकेका छन् भने ७१ जना दसैँसम्ममा सर्ने तयारीमा रहेको उक्त कार्यालयलले जनाएको छ ।

 

आव २०७५/७६ मा जनता आवास कार्यक्रम हस्तान्तरण गरिएपछि उक्त कार्यालयमार्फत घर निर्माण कार्य सुरु गरिएको हो । जिल्लाको देवघाट गाउपालिका–५ की सन्तमाया बोटे पनि नयाँ घरमा दसैँ मनाउन पाउने भएपछि खुसी लागेको बताउनहुन्छ । घर पाउँदा वर्षायाममा ढुक्कले बस्न पाएपछि छाप्रोमा बस्दा खेप्नुपरेको पीडा अन्त्य भएको उहाँको भनाइ छ।

 

निर्माण गरिएका घरमध्ये दुई सय ११ ले पूरै किस्ता लगेका र ७५ ले अन्तिम किस्ता लैजान बाँकी रहेको कार्यालयका सूचना अधिकारी इञ्जिनियर धनमाया मिश्र जानकारी दिनुहुन्छ । रु नौ करोड पाँच लाख ९५ हजार बजेट विनियोजन भएकामा आवास निर्माणका लागि घरको डिजाइनसहित प्रदेश सरकारले रु तीन लाख ३२ हजार पाँच सय उपलब्ध गराएको थियो ।

 

सम्बन्धित लाभग्राहीले १० प्रतिशत लागत सहभागिता जनाउनुपर्ने प्रावधान थियो । पालिकामार्फत भवन निर्माण गर्दा लाभग्राहीलाई सम्झौता गर्न, रकम भुक्तानी लिन तथा अनुगमन गर्न सजिलो भएको कार्यालय प्रमुख सिनियर इञ्जिनियर दिनेशकुमार घिमिरे बताउनुहुन्छ ।

 

जग्गा जमिन भएका तर घर बनाउने रकम नभएका गरिब, दलित तथा लोपोन्मुख परिवारलाई उक्त कार्यक्रममा समावेश गरी निःशुल्क घर निर्माण गरिएको उहाँको भनाइ छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्